बँदेल मार्न थापेको पासोमा परेर एक जनाको मृत्यु

परासी । बँदेल मार्न थापिएको करेन्टको पासोमा परी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एक जनाको ज्यान गएको छ।

घर नजिकैको जङ्गलबाट आउने बँदेलले धानबाली नष्ट गरेको भन्दै बँदेल मार्न थापेको पासोमा परि रामग्राम नगरपालिका १४ पर्सावलका ५५ वर्षीय होमनारायण यादवको ज्यान गएको हो।

Advertisement

शुक्रबार राति घरबाट निस्केका श्रीमान् हराएको भनी यादवकी श्रीमती सोनियाले खोजीका लागि प्रहरीमा निवेदन दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो।

खोजी गर्दा यादवसँगै अन्य चार जना मिलेर पासो थापेको र उनको ज्यान गएपछि चारै जना फरार भएको पत्ता लागेपछि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु लामाले जानकारी दिए ।

फरारमध्ये दुई जनालाई प्रहरीले गएराति रुपन्देहीबाट नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ।

पक्राउ परेका त्यही गाउँका बाबुराम चौधरी र मोहन चौधरीले यादवको पासोमा परि ज्यान गएपछि घटनास्थलभन्दा केही पर कुलामा खाल्डो खनेर शव पुरेको बयान दिएका थिए।

More News last news
Loading...