दैलेख । दैलेखमा छिमेकीको हल गोरु काटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भैरवी गाउँपालिका २ रावतकोटका कमल थापाले बारीमा बाँधेका हल गोरु काटेको भन्दै छिमेकी २२ वर्षका राजेश विष्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
धारिलो हतियारले काटेको एउटा गोरु मरिसकेको र अर्को गम्भीर घाइते भएको किटानी जाहेरीपछि आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २८९ उपदफा ९२० मा गाई वा गोरु मार्ने व्यक्तिलाई तीन वर्ष कैद अनि अङ्गभङ्ग बनाए ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
