ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । ललितपुरमा उपचाररत ३ जना कोरोना संक्रमितको ज्यान गएको छ । पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई जना भक्तपुरका र एक जना काठमाडौँका हुन्।

Advertisement

पाटन अस्पतालमा उपचाररत काठमाडौँ निवासी ५१ वर्षीय पुरुषको आज बिहान र शुक्रबार राति पौने १० बजे भक्तपुरका ७२ वर्षीय पुरुषको मृत्यु भएको छ।

यस्तै, ललितपुरकै मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको पनि आज बिहान ७ः४० बजे मृत्यु भएको छ।

More News last news
Loading...