पोखरा । पोखराको अस्पतालमा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।
यही भदौ २४ गते बुधबार कोरोना संक्रमण पुष्टि भएपछि उनी प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसीयुमा भर्ना भएका थिए।
ती पुरुषको उपचारकै क्रममा शनिबार बिहान ६:३२ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए।
प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा कोरोनाबाट हालसम्म १० जनाले ज्यान गुमाएका छन्। यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
