भरतपुर अस्पतालमा कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका ३ जनाको मृत्यु

भरतपुर । चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । भरतपुर अस्पताल स्रोतका अनुसार बिहीबार र शुक्रबार गरी तीन जनाको मृत्यु भएको हो ।

संकास्पद रोगका कारण ज्यान जानेमध्ये दुई जना महिला र एक जना पुरुष रहेका छन् । उनीहरु मध्ये एक जना जनरल आईसीयूमा र दुई जनाको आकस्मिक कक्षमा भइरहेको थियो ।

Advertisement

शुक्रबार मृत्यु भएकी राप्ती नगरपालिका–४ की १८ वर्षीय किशोरी र बिहीबार खैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको आईसीयू उपचार भइरहेको थियो भने बिहीबार नै रत्ननगर नगरपालिकाका ४० वर्षीय पुरुषको आकस्मिक कक्षमै उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

उनीहरु तीनै जनालाई ज्वरो, खोकीसहित श्वासप्रश्वासमा समस्या देखिएको थियो । स्वाब परीक्षणको नतिजा शुक्रबार रातिसम्म आउने सूचना अधिकारी पौडेलले बताए।

More News last news
Loading...