काठमाडौँका घरबेटीले गरे कोठा भाडामा बस्ने व्यक्तिको हत्या

काठमाडौँ । काठमाडौँमा घरको सुरक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएर एक जनाको हत्या भएको छ।

बारा कलैया उपमहानगरपालिका-५ घर भई हाल काठमाडौँ भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको हत्या भएको हो।

Advertisement

काठमाडौँस्थित कीर्तिपुर नगरपालिका-७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

आग्लोले लागेर गम्भीर घाइते चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

हत्या आरोपमा महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महर्जनमाथि थप अनुसन्धान भइरहेको एसपी राठौरले बताए ।

More News last news
Loading...