कास्कीमा निषेधाज्ञा हट्यो, सार्वजनिक सवारी पनि चल्ने

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ २७ गते राति १२ बजेदेखि सकिने निषेधाज्ञाको म्याद नथप्ने भएको छ। यसअघि तीन पटकसम्म निषेधाज्ञाको म्याद थपेको प्रशासनले बढी भीडभाड हुने क्षेत्र बाहेकका ठाउँहरुमा निषेधाज्ञा नलगाउने निर्णय लिएको हो।

शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र सिसिएमसीको बैठकले बढी भीडभाड हुने बाहेकका ठाउँमा निषेधाज्ञा नलगाउने निर्णय लिएको छ।

Advertisement

संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी एक सदस्यका अनुसार सुरक्षाका आवश्यक मापदण्ड अपनाएर सार्वजनिक सवारीलाई पनि सञ्चालनको लागि अनुमति दिइने भएको हो । विद्यालय, कलेज, व्यायाम हल, सभा, समारोह, गोष्ठी लगायतका क्षेत्रमा भने निषेधाज्ञा कायमै राखिएको छ।

‘सार्वजनिक सवारीहरु भोलिदेखि निश्चित मापदण्ड पूरा गरेर चल्छन् । यद्यपी विद्यालय, क्याम्पस, ब्युटीपार्लर लगायत अलि बढी भीडभाड हुने ठाउँहरु भने खुल्न पाउने छैनन् । निश्चित सुरक्षा मापदण्ड अपनाएर मनोरञ्जन, बढी भीडभाड हुने क्षेत्र बाहेक अन्य क्षेत्रमा निषेधाज्ञा नलगाइने भएको छ।

सुरक्षा मापदण्डभने पूर्ण रुपमा पालना गर्नुपर्ने छ। लामो समयसम्म थन्किएर बसेका यातायात व्यवसायीले यसअघि नै सरकारको अनुमति नपाए पनि आफ्ना सवारी गुडाएरै छाड्ने प्रतिबद्धता पनि जनाएका थिए। नभन्दै प्रशासनले सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय लिएको छ।

सार्वजनिक सवारी सञ्चालन गर्दा निश्चित मापदण्ड दुई वटा सिटमा एक जना यात्रु राख्नुपर्ने छ। यस्तै, सवारीमा चढ्नु अघि सेनिटाइजरले हात धोएर मात्रै यात्रु चढाउन पाइने छ। बैठकमा सहभागीका अनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म मात्रै सार्वजनिक सवारीले सञ्चालन अनुमति पाउने छन्।

More News last news
Loading...