भक्तपुरमा आफ्नै घरभित्र एकै परिवारका ३ जना मृत फेला

काठमाडौँ । भक्तपुरमा आफ्नै घरभित्र एकै परिवारका तीन जना मृत भेटिएका छन्।

मध्यपुर थिमी नगरपालिका–९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएको प्रहरी स्रोतले जनाएको छ।

Advertisement

स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको बताइएको छ।

घटनाबारे जानकारी पाएलगत्तै भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएका छन्।

महानगरीय अपराध महाशाखाका एसएसपी थापाले एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको पाइएको बताए ।

मृतकका भाइ सुनिल अधिकारी घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले बताएको छ।

हत्या केही दिन पहिले भएकोजस्तो देखिएपनि घटना कहिले र कसले गरेको भन्ने थाहा नभएको एसएसपी थापाले जानकारी दिए।

More News last news
Loading...