काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले नाग्मका पहिरो पीडित परिवारलाई सहयोग गरेका छन्।
कालिकोट जिल्ला तिलागुफा नगरपालिका १ नाग्ममा यहि मिति २०७७ भाद्र १२ गते गएको पहिरोमा परि जिल्लाका ज्यान गुमाएका १० जनाका परिवारहरुलाई भेटी मृतकका आफन्त र परिबारजनहरुलाइ सहानुभूति, भेटघाट र सम्बेदना सहित सहयोग गरेका हुन्। उनले प्रत्यक परिवारलाई खाद्यान्न र केही नगद सहयोग गरेका थिए।

उनले २०७४ सालमा सम्पन्न भएको प्रतिनिधि सभा निर्बाचनमा प्रतिनिधिसभा सदस्यमा आफु पराजित उम्मेदवार भएपनि एउटा सामाजिक उत्तरदायित्व, सेवा र मानवियताको नाताले पहिरो पिडित परिवारलाई सहयोग गरेको बताए।
उनले निर्बाचनमा पराजय भएपनि जनताको दुःखमा सधै साथमा रहने प्रतिबद्दता ब्यक्त गरे।

पहिरो पीडित परिवारलाई भेट्घाट कार्यक्रममा नेपाली काँग्रेस कालिकोटका उपसभापती संकरप्रसाद उपाध्याय, बरिष्ट नेता अम्मबहादुर शाही, नन्दबहादुर शाही, मनराज शाही, नबिन हमाल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
