काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँमा सय ४ सय ९५, भक्तपुरमा ४३ र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
यसअघि बुधबारको नियमित मिडिया ब्रिफिङका क्रममा उपत्यकामा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको थियो।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ। यस्तै संक्रमित मध्ये ७० प्रतिशत निको भएका छन्। नेपालमा कोरोनाबाट ३ सय १७ जनाको मृत्यु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
