काठमाडौँ उपत्यकामा अब फुटपाथ र ठेला व्यापार पनि खुल्ला

काठमाडौँ । काठमाडौँ उपत्यकामा अब फुटपाथ र ठेलाको व्यापार खुल्ने भएका छन्।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञासम्बन्धी नयाँ आदेशअनुसार फुटपाथ पसल र ठेलाको व्यापार बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने भएको छ।

Advertisement

यसअघि साउन २७ गते मन्त्रिपरिषद्को बैठकले नै ठेला र फुटपाथको व्यापार बन्द गर्ने निर्णय गरेको थियो।

यही समयमा इलेक्ट्रक र डिपार्टमेन्ट स्टोरहरु समेत खोल्न सकिनेछ। त्यस्तै बिहीबारदेखि पसल र सवारी साधन पनि सञ्चालन हुने भएका छन्।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको जानकारी दिए।

१६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागु र ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ। सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ।

More News last news
Loading...