उपत्यकामा आधा खुल्यो निषेधाज्ञा: जोरविजोर लागू, के खुल्ने के नखुल्ने ?

काठमाडौँ । तीन हप्तासम्म कडा निषेधाज्ञा लगाइएको काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने सरकारले निर्णय गरेको छ। निषेधाज्ञा खुकुलो भएसँगै बिहीबारदेखि पसल र सवारी साधन पनि सञ्चालन हुने भएका छन्।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको जानकारी दिए।

Advertisement

साथै काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका हुन्।

१६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागु र ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ। सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ।

त्यस्तै मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन। पसल सञ्चालनका लागि व्यवसायको किसिमका आधारमा निश्चित बार मात्र खोल्न पाइने व्यवस्था गरिएको छ।

\

 

More News last news
Loading...