काँग्रेसका महामन्त्री शशांक कोईरालालाई कोरोना पुष्टि

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।

महामन्त्री कोइरालाले सोमबार हेम्स अस्पतालमा स्वाव परिक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जनाएका छन्।

Advertisement

महामन्त्री कोइरालाले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको भन्दै आफ्नो सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन भनेका छन् ।

महामन्त्री कोईरालाले भनेका छन्, “आज गरिएको परीक्षणका क्रममा म मा कोरोना संक्रमण पुष्टि भएको छ। चिकित्सकहरुको सल्लाह अनुसार हाल म होम आइसोलेसनमा बसेको छु। मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु।”

महामन्त्री कोइरालाले हाल आफुँलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या भने नदेखिएको जनाएका छन् ।

 

More News last news
Loading...