काठमाडौँ । विवादमा परेको काँकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द भएको छ।
१०६ किलोमिटर लामो रेलमार्गको ट्रयाक बेड निर्माणको ठेक्का रद्द गरेको रेल विभागले सूचना निकालेर जानकारी दिएको हो।
यसअघि ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया थालिएको थियो।
यो टेन्डर प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो। तर विवादका बाबजुत पनि टेन्डर प्रक्रियालाई अगाडि बढाउने तयारी थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
