धनकुटा । धनकुटामा निषेधाज्ञा हटेको छ। जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले सीमामा कडाइ गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।
पटक–पटक थपिएको निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बन्न थालेको छ।
बैठकले कोरोना भाइरसको सङ्क्रमण अवस्था रहेका जिल्लासँग जोडिएका नाकामा बाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएकाबाहेक व्यापार, व्यवसायलाई सुरु गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए।
प्रत्यक्ष रुपमा तराईका जिल्लासँग जोडिएका ठाउँबाट आउने गाडी तथा सर्वसाधारणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्ड अनुसार खोल्ने निर्णय भएको भएको पनि सहायक प्रजिअ श्रेष्ठले बताए।
धनकुटामा सरुवा भएर आएका २ जना प्रहरीमा साउन २८ गते सङ्क्रमण देखिएपछि साउन २९ गतेदेखि भदौ ४ गतेसम्म धनकुटा नगरपालिकाका ६ वटा वडामा निषेधाज्ञा जारी गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
