पोखरा । स्वास्थ्य कर्मचारी र पोखरा औद्योगिक क्षेत्रका कामदारसहित गण्डकी प्रदेशमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार बिहान प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पोखरामा मात्रै ३१ जनामा संक्रमण पोजेटिभ देखिएको हो।
पोखरामा संक्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा फुड्स प्रालिका कामदार २५ जना रहेका छन् ।
पोखराको मेडिसिटी अस्पतालमा उपचाररत २ जना बिरामीमा पनि संक्रमण देखिएको छ।
गण्डकी प्रदेशको नवलपुर (बर्दघाट सूस्ता पूर्व) को देउचुली नगरपालिकाका एक स्वास्थ्यकर्मीसहित २१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
यसैगरी गोरखाको पालुङटार नगरपालिकामा थप १८, तनहुँको ब्यास नगरपालिकामा ३ जनामा संक्रमण देखिएको छ।
यो समाचार तयार पार्दासम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
