काठमाडौँ । बाढी र पहिरोका कारण अवरुद्ध १० वटा सडकखण्ड अझै सञ्चालनमा आउन सकेका छैनन्।
९१ सडकखण्ड भने एकतर्फी सञ्चालनमा छन्। यी सडकखण्ड सञ्चालनमा आउन अझै समय लाग्ने सडक विभागले जनाएको छ ।
विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार दश वटा सडकखण्डमा कतै सडक नै बगाएको छ, भने कतिपय ठाउँमा अझै पहिरो खसिरहेकाले सञ्चालनमा कठिनाइ भएको हो।
सम्बन्धित सडक डिभिजन कार्यालयमार्फत् खुलाउने प्रयास भने भइरहेको उनले बताए। साँफेबगर मार्तडी सडकखण्ड २ महिनादेखि बन्द छ।
बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड प्रयास गर्दागर्दै पनि खुलाउन नसकिएको सडक विभागले जनाएको छ।
यो सडकखण्डको अम्कोट, ताप्रीसेरा, घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ।
पहिरोका कारण बन्द भएको बेशी शहर चामे सडकखण्ड पनि सञ्चालनमा आउन सकेको छैन। घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
