काठमाडौँ । दक्षिण एसियाली बजारमा बहुप्रतिक्षित मानिएको स्वीडिस मोटरसाइकल हस्कभर्ना नेपाल आएको छ । फेसबूकमा हस्कभर्ना मोटरसाइकल नेपाल नामको पेज पनि हालै सार्वजनिक गरिएको छ ।
यो मोटरसाइकललाई नेपालमा गोल्छा ग्रुपले बिक्री वितरण गर्ने छ । सन् २०१९ मा बजाज अटोको लगानीमा भारतमै उत्पादन हुन थालेको हस्कभर्नाको बिक्री नेपालमा भने कोरोना संक्रमणको जोखिम कम गर्न जारी गरिएको निषधाज्ञा र लकडाउन अन्त्य भएपछि शुरु हुने बताइएको छ ।
भारतमा बजाजको प्लान्टमा निर्माण भएको २०० सीसी तथा २५० सीसी क्षमताका हस्कभर्नाका मोटरसाइकल अब नेपालमा पनि बिक्री हुने छन् ।
भारतीय बजारमा १ लाख ८० हजार र १ लाख ९५ हजार भारतीय रुपैयाँ मूल्य रहेका यी दुवै मोटरसाइकलको मूल्य नेपालमा ६ लाखभन्दा कम हुने अनुमान रहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
