काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. २ का वडा अध्यक्ष नबीन कुमार श्रेष्ठ धरौटीमा छुटेका छन् ।
अबैध रुपमा नदी दोहन नगर्न स्थानीयले आग्रह गर्दा उल्टै स्थानीय माथी कुटपिटमा लागेका वडा अध्यक्ष श्रेष्ठ बिरुद्ध ईलाका प्रहरी कार्यालय भोटेवडारमा मुद्दा दायर भएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई आज पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय लमजुङमा मुद्दा पेश गरेको थियो ।
वडा अध्यक्ष श्रेष्ठलाई १० हजार धरौटीमा रिहा गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले नयाँ पुस्तालाई बताए ।
उनले भने, ‘अहिले कोरोना भाइरसको संक्रमणको संक्रमणकालीन अवस्था रहेकोले मुद्दालाई तत्काल थाती राख्दै हालका लागि १० हजार धरौटीमा रिहा गरिएको हो, अवस्था सामान्य भएपछि मुद्दाको प्रक्रिया प्रचलित कानुन अनुसार अगाडी वढाउने छौं ।’ उनीसँगै आशमान तामाङ पनि धरौटीमा रिहा भएका छन् ।
प्रहरीमा सार्बजनिक मुद्धा दायर भएपछि सम्पर्कबिहिनी रहेका श्रेष्ठ शुक्रबार दिउँसो मात्र प्रहरीको सम्पर्कमा आएका थिए । उनलाई सुन्दरबजार–५, खत्री ठाँटीका अनिल श्रेष्ठले सार्बजनिक मुद्धा दायर गरेका थिए ।
सुन्दरबजार नगरपालिका वडा नं २, ५, ६ र ७ को सिमानामा पर्ने पाउँदी खोलामा वडा अध्यक्ष श्रेष्ठले मन लाग्दी रुपमा नदी दोहन गरेपनि सम्बन्धित निकाय मौन रहँदै आएको छ ।
सत्तारुढ दल नेकपाका नेताहरुको आडमा नदी दोहनमा सक्रिय रहेका अध्यक्ष श्रेष्ठलाई कारवाही गर्न प्रशासनले समेत सक्रियता नदेखाएको स्थानीयको आरोप छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
