मनमोहन मेमोरियल अस्पतालको आकस्मिक कक्षमै दुई युवा समूहबीच झडप (भिडियोसहित)

काठमाडौँ । स्वम्भूको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा दोहोरो भिडन्त भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै अज्ञात समूहले गुन्डागर्दी शैलीमा अस्पतालको आकस्मिक कक्षमा भिडन्त गरेको जानकारी दिएको छ।

अस्पतालको आकस्मिक कक्षमै दुई युवा समूहबीच झडप भएको हो। केही बेरको झडपमा उपचारमा संलग्न दुई जना चिकित्सक र एक जना सेक्युरिटी गार्ड घाइते भएको अस्पताल स्रोतले जनाएको छ।

Advertisement

महानगरीय प्रही वृत्त स्वयम्भुका डीएसपी निरन्जन भट्टका अनुसार ढुङ्गेधारा र रानीवनका युवा समूहबीच १८ भदौ साँझ करीब ६ बजे झडप भएको थियो।

दुई समूहबीच रानीवनमा झडप भएको थियो। उक्त झडपमा घाइते भएकालाई उपचारका लागि मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो।

अस्पतालका अनुसार झडपका क्रममा घाइते रानी वन समूहका ४ जना युवाको मनमोहन मेमोरियल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको थियो। उपचाररत घाइतेलाई करिब ३० जनाको समूहमा आएका ढुंगेधारा समूहका व्यक्तिले अस्पालमै प्रवेश गरेर निर्घात कुटपिट गरेका हुन्।

झडपमा आकस्मिक कक्षमा काम गर्ने चिकित्सक, नर्स, प्यारामेडिक्स र सुरक्षा गार्डमाथि समेत हातपात भएको अस्पतालले जनाएको छ।

उनीहरूले आकस्मिक कक्षको ईसीजी मेसिन, ड्रेसिङ ड्रम, बस्ने टुल, टिचल फोर्बेस, एम्बु ब्यागसहितका सामग्रीमाथि तोडफोड गरेर क्षति पुर्‍याएको अस्पतालले जनाएको छ।

हेर्नुहोस् भिडियो

More News last news
Loading...