पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए ४४५ कोरोना संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना गरी जम्मा ४४५ जना संक्रमित थपिएका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा देशभर थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २४ हजार २०७ पुगेको छ। निको हुने दर ५६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...