काठमाडौँ । बुधबार थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या ४१ हजार ६४९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।
पछिल्लो २४ घन्टामा थप १ हजार ११२ जना कोरोना संक्रमणमुक्त भएका छन्। आलसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या २३ हजार २९० पुगेको छ। देशभर ७६१५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार बेलुकाको तथ्यांक अनुसार ४१ हजार ६ सय ४९ जना संक्रमितमध्ये १ हजार ५ सय ३ जना १० वर्ष मुनिका बालबालिका रहेका छन्। तीमध्ये ६ सय १४ जना बालिका छन् भने ८८९ बालक रहेको मन्त्रालयले जनाएको छ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५ सय ५० जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्। त्यस्तै प्रदेश २ मा २९२, बाग्मती प्रदेशमा २२६, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ९६, प्रदेश १ मा ८५ र गण्डकी प्रदेशमा सबैभन्दा थोरै ५६ जना बालबालिका संक्रमित भएका छन्।
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, दोलखा, रसुवा, रामेछाप, मनाङ, मुस्ताङ, रुकुमपूर्व, डोल्पा र हुम्ला गरी १६ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन।
१० वर्ष मुनिका संक्रमित बालबालिकाः कुन जिल्लामा कति ?
प्रदेश १
खोटाङमा १ बालक
इलाममा १ बालक
झापामा २ बालिका र ६ बालक
मोरङमा २६ बालिका र २७ बालक।
सुनसरीमा ८ बालिका र १२ बालक।
उदयपुरमा २ बालिका।
प्रदेश २
सप्तरीमा ११ बालिका र २० बालक।
सिरहामा २ बालिका र २ बालक।
धनुषामा १३ बालिका र ३३ बालक।
महोत्तरीमा ५ बालिका २० बालक।
सर्लाहीमा २२ बालिका र २७ बालक।
रौतहटमा २२ बालिका र ३६ बालक।
बारामा ८ बालिका र १२ बालक।
पर्सामा २७ बालिका र ३२ बालक।
बाग्मती प्रदेश
सिन्धुपाल्चोकमा १ बालिका र १ बालक।
धादिङमा ५ बालक।
नुवाकोटमा १ बालिका र १ बालक।
काठमाडौंमा ५७ बालिका र ७७ बालक।
भक्तपुरमा २ बालिका र १४ बालक।
ललितपुरमा ९ बालिका २४ बालक।
काभे्रपलान्चोकमा २ बालिका र ३ बालक।
सिन्धुली १ बालिका र १ बालक।
मकवानपुरमा ४ बालिका र ५ बालक।
चितवनमा ८ बालिका र १० बालक।
गण्डकी प्रदेश
गोरखामा २ बालिका र ४ बालक।
म्याग्दीमा १ बालिका १ बालक।
कास्कीमा २ बालिका।
लमजुङमा ३ बालिका र ५ बालक।
तनहुँमा २ बालिका र ४ बालक।
नवलपरासी पूर्वमा ३ बालिका ८ बालक।
स्याङ्जामा ४ बालिका र १० बालक।
पर्वतमा ३ बालक।
बाग्लुङमा १ बालिका र ३ बालक।
प्रदेश ५
रोल्पामा १ बालिका र १ बालक।
प्युठानमा ९ बालिका र २ बालक।
गुल्मीमा १० बालिका र ८ बालक।
अर्घाखाँचीमा ७ बालिका र ९ बालक।
पाल्पामा ४ बालिका र ५ बालक।
नवलपरासी पश्चिममा ४ बालिका र ४ बालक।
रुपन्देहीमा २० बालिका र १८ बालक।
कपिलवस्तुमा १४ बालिका र १७ बालक।
दाङमा १४ बालिका र ७ बालक।
बाँकेमा १९ बालिका र १७ बालक।
बर्दियामा ४ बालिका र ४ बालक।
कर्णाली प्रदेश
मुगुमा १ जना बालक
जुम्लामा १ बालिका र १ बालक।
कालिकोटमा २ बालिका र ५ बालक।
दैलेखमा ८ बालिका र ३२ बालक।
जाजरकोटमा १ बालिका र १ बालक।
रुकुम पश्चिममा १ बालिका र १ बालक।
सल्यानमा १ बालिका र ४ बालक।
सुर्खेतमा १८ बालिका र १७ बालक।
सुदूरपश्चिम प्रदेश
बाजुरामा ३२ बालिका र ३२ बालक।
बझाङमा २१ बालिका र ३८ बालक।
दार्चुलामा १ जना बालक।
बैतडीमा ८ बालिका र १२ बालक।
डडेल्धुरामा ६ बालिका र १२ बालक।
डोटीमा ५५ बालिका र ७५ बालक।
अछाममा ३० बालिका र ६३ बालक।
कैलालीमा ५२ बालिका र ७७ बालक।
कञ्चनपुरमा १० बालिका र १६ बालक।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
