भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

काठमाडौँ । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ। दिल्लीको एक अस्पतालमा उपचाररत मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको हो।

उनी दिल्लीमा सेनाको आर एण्ड आर अस्पतालमा भर्ना भएका थिए। उनले भारतको अर्थ, रक्षा तथा विदेश मन्त्री जस्तो पदमा रहेर काम गरेका थिए ।

Advertisement

मुखर्जीको मस्तिष्कको शल्यक्रिया गर्नुअघि गरिएको परीक्षणमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो। गत अगस्ट १० तारिखका दिन मुखर्जीले ट्वीट गर्दै आफूमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताएका थिए।

शल्यक्रिया पछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा पुगेका थिए र आर एण्ड आर अस्पतालले हरेक दिन उनको स्वास्थ्यको बारेमा जानकारी दिइरहेको थियो।

सोमबार साँझ पौने ६ बजेतिर राष्ट्रपति प्रणब मुखर्जीका छोरा तथा पूर्वसांसद् अभिजीत मुखर्जीले ट्वीट गर्दै उनको निधनको पुष्टि गरेका हुन्।

पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले ट्वीट गर्दै समवेदना प्रकट गरेका छन्।

प्रधानमन्त्री ओलीद्वारा श्रदाञ्जली व्यक्त

भारतीय पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दुःख व्यक्त गर्दै हार्दिक श्रदाञ्जली व्यक्त गरेका छन् । ओलीले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति निकै दुखित छु । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको परिवार र भारतीय जनतालाई हार्दिक समवेदना व्यक्त गर्दछु ।

यस्तै, पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पनि एक तस्बिर सार्बजनिक गर्दै गहिरो दुख व्यक्त गरको छन् ।

More News last news
Loading...