काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई नछोड्ने चेतावनी दिएका छन्।
आइतबार उनले सामाजिक सञ्जालमार्फत सम्बन्धमा आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आफू कसैमाथि जाइनलाग्ने तर कोही आफूमाथि आइलागेमा नछोड्ने उल्लेख गरेका छन्।
डा. भट्टराईले सामाजिक सञ्जालका सम्बन्धमा आफ्ना पाँच प्रतिवद्धता सार्वजनिक गर्दै अरुबाट सिक्ने र आफूले जानेका कुरा बाँड्ने, सत्य र न्यायको पक्षमा उभिने, शोषित–उत्पीडित–विभेदमा परेकाहरुको पक्षमा पैरवी गर्ने, जाइनलाग्ने तर आइलाग्नेलाई नछोड्ने र बुझेर बुझ पचाउने ठग र नबुझ्ने–बुझ्न नचाहने मुर्खदेखि टाढै बस्ने बताएका छन्।
Social Media बारे मेरो प्रतिबद्धता:१.अरूबाट सिक्ने,आफुले जानेको बाँड्ने;२.सत्य र न्यायको पक्षमा उभिने;३.शोषित/उत्पीडित/विभेदमा परेकाहरूको पक्षमा पैरवी गर्ने;४.जाइनलाग्ने,आइलाग्नेलाई नछोड्ने(tit for tat);५.बुझेर बुझ पचाउने ठग(crook)र नबुझ्ने/बुझ्ननचाहने मूर्ख(fool)देखि टाढै बस्ने!
— Baburam Bhattarai (@brb1954) August 30, 2020
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
