पोखरा । गण्डकी प्रदेशका २ जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा कास्कीका ३ जना र नवलपरासी (नवलपुर) का २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नवलपरासी मध्यबिन्दु ४ की एक जना कोरोना संक्रमित महिला स्वास्थ्यकर्मी रहेकी छिन्। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ।
यस्तै, नवलपुर जिल्ला, बिनयत्रिबेणी–६ का ६२ बर्षीय पुरुषको हिजो मिति भदौ १३ गते चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ।
यो सँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
