काठमाडौँ उपत्यकामा मात्रै २५० प्रहरीमा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँ उपत्यकामा मात्र २५० प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

देशभरका कुल संक्रमितमध्ये ८६१ प्रहरीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरी प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार ६५५ प्रहरी भने कोरोनाको उपचारपछि डिस्चार्ज भएका छन।

Advertisement

कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा कार्यरत १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोटेश्वरका दुई प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङमा परेका ३३ जनाको बिहीबार स्वाब संकलन गरिएको थियो। त्यसमध्ये १७ जनाको शनिबार रिपोर्ट पोजिटिभ आएको ट्राफिक प्रहरी महाशाखा स्रोतले जानकारी दिएको छ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ। मृतकको संख्या २०८ पुगेको छ।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १८६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

More News last news
Loading...