सिरहा । सिरहाको सीमावर्ती भगवानपुर र बरियारपट्टि गाउँपालिकामा कांग्रेस, नेकपा र जसपाका स्थानीय कार्यकर्ताबीच समान्य विवादमै शनिबार र शुक्रबार राति कुटाकुट भएको छ।
त्यसमा दुई प्रहरीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन्। कोही स्थानीय अस्पतालमै उपचार गराएर घर फर्केका छन् भने कोही विराटनगर रेफर भएका छन्।
शनिबार दिउँसो १२ बजेको गर्मी लागेको बेला भगवानपुर गाउँपालिका २ लहरास्थित छहारी (रुख भएको ठाउँ)मा बस्ने विषयमा विवाद हुँदा कुटाकुट भएको प्रहरीले जनाएको छ।
यहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताबीच झगडा भएको हो। जसमा दुवै पक्षको २२ जना घाइते भएका छन्। उनीहरुमध्ये अधिकांश थप उपचारका लागि लहानबाट विराटनगर रेफर गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
