जीवन सुन्दर फूल हो। यो फूललाई कसरी सजाउने, हुर्काउने र बढाउने भन्ने आफैंमा भरपर्छ। मानिस स्वभावैले आफूलाई सुन्दर देखाउन चाहन्छ। यही चाहनाअनुरुप आफूलाई सुन्दर र जवान बनाइराख्न हरसम्भव प्रयास गरिरहेको हुन्छ।
सुन्दर भन्नेवित्तिकै धेरैजसो मानिसले राम्रो अनुहारलाई मात्र बुझ्ने गरेका छन्। तर, अनुहार मात्र हेरेर सुन्दरताको मापन हुँदैन। सुन्दर र जवान देखिन शीरदेखि पाउसम्म मात्र होइन, सोचमा पनि सुन्दरता झल्किएको हुनुपर्छ। अनुहारका साथसाथै, कपाल, नङ, लवाई इत्यादिले सुन्दर बन्न सघाउँछ।
आज हामी तपाईलाई कम उमेरमै छाला चाउरिने समस्या किन हुन्छ र यसबाट जोगिन के गर्ने भन्ने बारेमा जानकारी दिदैछौँ । प्रायः कम महत्वमा पर्ने तर अति नै संवेदनशील अंग हो, छाला । मानव शरीरको सौन्दर्यसँग जोडिएकाले यसको हेरचाहमा वैज्ञानिक तरिका अपनाउनुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
