काठमाडौँ उपत्यकामा घटे कोरोना संक्रमित

काठमाडौँ । शनिबार उपत्यकामा कोरोना संक्रमितको संख्या घटेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १८६ जनामा कोरोना संक्रमित थपिएका छन्। अघिल्लो दिन अर्थात शुक्रबार काठमाडौँ उपत्यकामा ४१५ जना कोरोना संक्रमित फेला परेका थिए।

Advertisement

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा गरी जम्मा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

More News last news
Loading...