हिरो मोटोकर्पको सुपर स्प्लेन्डर बजारमा

काठमाडौँ । हिरो मोटोकर्पले थप सुरक्षासहितको परिष्कृत सुपर स्प्लेन्डर नेपाली बजारमा ल्याएको छ। नयाँ सुपर स्प्लेन्डर थप सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आईबीएस) सहितको छ।

आईबीएस एक परिष्कृत सुरक्षा विशेषता हो, जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लगाउन सक्षम बनाउँछ। यो बाइक देशभरिका हिरो मोटरसाइकलको आधिकारिक शोरुममा पाइने कम्पनीले जनाएको छ।

Advertisement

कम्पनीले यो बाइकको मूल्य १ लाख ९८ हजार रुपैयाँ तोकेको छ। यो बाइकमा सेल्फ ड्रम एलोय ह्वील छ।

सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र) इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको कम्पनीले जनाएको छ।

हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले भने,‘नेपालमा हाम्रा ग्राहकका लागि आईबीएसको साथ सुपर स्प्लेन्डर बजारमा ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ। सुपर स्प्लेन्डर देशको सबैभन्दा लोकप्रिय मोटरसाइकलमध्ये एक हो। यो भावना र ब्रान्ड प्रतिको विश्वास अझै बढ्नेछ।’

यो बाइकमा एयर कुल्ड, फोर–स्ट्रोक एकल सिलिन्डर र १२४.७ सीसी इन्जिन छ। यो बाइकले ७०० आरपीएममा ६.७२ केडब्लू (९.० बीएचपी) को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा १०।३५ एनएमको अधिकतम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार बाइक ९० किलोमिटर प्रतिघण्टा अधिकतम गति दिन्छ।

बाइकमा साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च चौडा एलोय व्हील्स, आरामदायक सीट प्रोफाइल, १३ लिटरको इन्धन ट्यांकी र ट्यांकी मुनि अतिरिक्त भण्डारणका लागि युटिलिटी बक्ससमेत छ।

यो बाइक पाँच विभिन्न रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

More News last news
Loading...