मेसी म्यानचेस्टर सिटी जाने पक्का !

एजेन्सी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी म्यानचेस्टर सिटी जाने पक्का भएको छ ।

मेसीको रोजाइमा इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटी केही अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Advertisement

फ्रान्सेली पत्रिका एल इक्वीपका अनुसार मेसीको बुवा जर्जले उक्त कुराको खुलासा गरेको बताइएको छ।

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन पीएसजीले मेसीलाई क्लबमा भित्र्याउन चासो देखाउँदा उक्त कुराको खुलासा भएको जनाएको छ।

पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले मेसीको विषयमा सम्पर्क गर्नेक्रममा मेसीको म्यानेजर समेत रहेका मेसीका पिताले मेसी सिटी जाने पक्का भइसकेको बताएका हुन्।

बार्सिलोनासँगको सम्झौता अझै एक वर्ष बाँकी रहेको अवस्थामा मेसीले यसै हप्ता क्लब छाड्ने निर्णय गरेका थिए ।

More News last news
Loading...