काठमाडौँ । गण्डकी प्रदेशका ४ जिल्लामा भर्खरै १७ जना कोरोना संक्रमित फेला परेका छन् ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०२२ पुगेको छ ।
संक्रमित देखिनेहरुमा नवलपरासी (नवलपुर)को देबचुली–१५ का संक्रमित व्यक्ति खानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत छन् ।
लमजुङको मर्स्याङ्दी–४ का संक्रमित भारतबाट आएका हुन् । कास्की जिल्ला, पोखरा महानगरपालिका–१७ का २ जना संक्रमित व्यक्ति पर्यटक प्रहरी हुन् भने अन्य सबै व्यक्तिहरु संक्रमितको सम्पर्कमा रहेका व्यक्ति हुन् ।
यस्तै, गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६७२ पुगेको छ । गण्डकीमा कोरोना निको हुने दर ८२.६९ प्रतिशत हो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
