कुश्मामा ग्लोबल बैंकको नयाँ एक्सटेन्सन काउण्टर

पर्वत । ग्लोबल आइएमई बैंक लिमिटेडले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

बैंकको ४२औँ एक्सटेन्सन काउण्टरको रुपमा कोलेनिका पर्वतका प्रमुख नवराज सापकाटाले उद्घाटन गरेका हुन्।

Advertisement

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो।

बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ एक्सटेन्सन काउण्टर शुरु गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २ सय ५९ शाखा कार्यालय, २ सय ३४ एटिएम, ४२ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय १८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत् आफ्ना २० लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ।

More News last news
Loading...