पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलभन्दा भारतमा धेरै कोरोना संक्रमित फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेका देश अमेरिका र ब्रजिलभन्दा भारतमा कोरोना संक्रमित फेला परेका छन्।

भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना नयाँ कोरोना संक्रमित थपिदा अमेरिकामा ४४ हजार ५३७ जना र ब्राजिलमा ४७ हजार ८२८ जना संक्रमित थपिएका छन्।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट भारतमा १ हजार १७ जनाको मृत्यु भएको छ भने अमेरिकामा १ हजार २८९ र ब्राजिलमा १ हजार ९० जनाको मृत्यु भएको छ।

यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार ७ सय ४९ पुगेको छ भने ६० हजार ६२९ जनाको मृत्यु भएको छ।

त्यस्तै अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ६० लाख ३६५ पुगेको छ भने १ लाख ८३ हजार ६५३ जनाको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या ३७ लाख २२ हजार ४ पुगेको छ भने १ लाख १७ हजार ७५६ जनाको मृत्यु भएको छ।

More News last news
Loading...