पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४० हजार बढी कोरोना संक्रमित, कहाँ कति ? (तालिका)

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४० हजार ५९६ जना कोरोना संक्रमित फेला परेका छन् भने ५ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ।

यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४० लाख ५० हजार ३३३ पुगेको छ भने ८ लाख २३ हजार २७८ जनाको मृत्यु भएको छ।

Advertisement

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा ४० हजार ९८ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार २९० जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ५९ लाख ५५ हजार ७२८ पुगेको छ भने १ लाख ८२ हजार ४०४ जनाको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा ४६ हजार ९ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार २ सय १५ जनाको मृत्यु भएको छ। यो सँगै ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या ३६ लाख ७४ हजार १७६ पुगेको छ भने १ लाख १६ हजार ६६६ जनाको मृत्यु भएको छ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ६६ हजार ८७३ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ६६ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ३२ लाख ३१ हजार ७५४ पुगेको छ भने ५९ हजार ६१२ जनाको मृत्यु भएको छ।

हेर्नुहोस् कोरोना फैलिएका ११३ देशको तालिका

More News last news
Loading...