आज काठमाडौँका यी स्थानमा दिनभर बत्ति जाने

काठमाडौँ । काठमाडौँका विभिन्न स्ठानमा आज नेपाल विद्युत प्राधिकरणले लोडसेडिड गर्ने भएको छ। विद्युत लाइन मर्मतका लागि लोडसेडिङ गर्न लागेको प्राधिकरणले जनाएको छ।

कुलेश्वर बितरण केन्द्र अन्तर्गत रुखको हाँगाविगा कटान एवं लाइन मर्मत कार्य गर्नु पर्ने भएकाले बाफल पुल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, सिभिल होम्समा लोडसेडिङ हुने भएको छ।

Advertisement

त्यस्तै टौखेल, सितापाइला, त्रिशक्ती केवल, ज्योती एकेडमी, शुभेच्छा हस्पिटल, गोल्छा, शरणपुर, रानीपाटी, छकडोल, सिता होम्स, थापाचोक, आदेश्वर मन्दिर, इचगुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा कोलोनी, फस्कु, सिताराम स्कुल, सुर्ति कारखाना, रामकोट, भिमढुँगा, नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रे देउरालीलगायतका स्थानहरुको विद्युत लाइन अवरोध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यी स्थानमा बिहान १० बजेदेखि पाँच बजेसम्म लोडसेडिङ हुने भएको छ।

स्विचाटार-स्वयम्भु फिडरले ति स्थानमा सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरुमा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ।

More News last news
Loading...