काठमाडौँ । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपाल पनि आक्रान्त बनेको छ। दिनप्रतिदिन कोरोना संक्रमित बढेसँगै संघीय राजधानी काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानीय तहमा निषेधाज्ञा जारी छ । आज (मंगलबार) निषेधाज्ञाको छैटौँ दिन जारी छ।

हालसम्म काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँमा २ हजार २९३ कोरोना संक्रमित भएका छन्। जसमध्ये १२ जना संक्रमितको ज्यान गएको छ भने ११० जना निको भएर घर फर्किसकेका छन्। ललितपुरमा ३९२ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये २ जना संक्रमितको ज्यान गएको छ भने ३० जना निको भएर घर फर्किसकेका छन्।

भक्तपुरमा पनि कोरोनाको संक्रमण व्याप्त छ । भक्तपुरमा हालसम्म १९५ जना कोरोना संक्रमित भएका छन्। जसमध्ये एक संक्रमितको ज्यान गएको छ भने ३१ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।

निषेधाज्ञा जारी भएसँगै काठमाडौँ उपत्यकामा अत्यावश्यक बाहेकका सबै सवारी साधन ठप्प छन्। बजार पूर्ण रुपमा बन्द छ। सँधै कोलाहल देखिने काठमाडौँको कलंकीसहितका क्षेत्र सुनसान देखिएका छन्।







सबै तस्बिर एपी चौथाङ्ग/नयाँ पुस्ता डटकम
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
