पूर्व गृहराज्यमन्त्री यादवको निधन

काठमाडौँ । पूर्व गृहराज्यमन्त्री सोनेलाल यादवको निधन भएको छ।

केही दिनदेखि अस्वस्थ रहेका यादवको उपचारको क्रममा वीर अस्पतालमा हिजो निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

Advertisement

उनको हिजो नै गृहजिल्ला सर्लाही लगेर दाहसंस्कार गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश २ का अध्यक्ष समेत रहेका यादव पूर्व राजा ज्ञानेन्द्र शाहको शासनकालमा गृहराज्यमन्त्री बनेका थिए।

सर्लाही खुटौनाका ७२ वर्षीय यादवका दुई छोरा र एक छोरी छन्।

उनको निधनप्रति राप्रपाका अध्यक्ष कमल थापाले दुख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

More News last news
Loading...