विश्वका यी १० भाग्मानी देश, जहाँ एकजना पनि छैनन् कोरोना संक्रमित

कोरोनाभाइरस महामारीले यी १० देश बाहेक संसारका लगभग हरेक देशमा आफ्नो असर देखाएको छ । तर के यी देश साँच्चै नै कोभिड-१९ बाट बेअसर नै छन् रु र प्रश्न यो पनि उठ्छ कि उनीहरु अब के गरिरहेका छन् ?

सन् १९८२ मा खोलिएको ‘द पलाउ होटल’ त्यो जमानामा निकै ठूलो होटल थियो । यसको अत्यधिक चर्चा हुने गर्दथ्यो किनभने योभन्दा उन्नत होटल अरु कुनै थिएन ।

Advertisement

त्यतिबेलादेखि आकाशे रङको प्रशान्त महासागरले घेरिएको यो सानो देशले पर्यटनमा वृद्धिको पूरा आनन्द लियो ।

सन् २०१९ मा करिब ९० हजार पर्यटक पलाऊ पुगेका थिए, अर्थात् यो देशको कूल जनसंख्याभन्दा लगभग पाँच गुणा बढी ।

सन् २०१७ मा आइएमएफको आँकडामार्फत् देशको जीडिपीको ४० प्रतिशत हिस्सा पर्यटनबाट आउने पत्ता लागेको छ। तर यो सबै कोभिड अघिको कुरा हो ।

पलाऊका सीमा मार्चको अन्तिम दिनदेखि बन्द छन् । यद्यपि, पलाऊ संसारको ती १० देश (उत्तर कोरिया र तुर्कमेनिस्तानलाई छोडेर) मध्ये एक हो जहाँ कोरोना संक्रमणको आधिकारिक रुपमा कुनै केस छैन । तर कुनै पनि व्यक्तिलाई संक्रमित नगरिकनै कोरोनाभाइरसले यो देशलाई ध्वस्त पारेको छ ।

द पलाऊ होटल मार्चदेखि नै बन्द छ र अब यो एक्लो छैन । पलाऊका सबै रेष्टुरेन्ट खाली छन् । जुन पसलमा पर्यटक उपहार खरिद गर्न जान्थे, ती सबै बन्द छन् । विदेशबाट फर्किएका पलाऊका नागरिकलाई क्वारेन्टिनको सुविधा दिइरहेका होटलमात्रै खुल्ला छन् ।

१० देश जहाँ कोभिड–१९ का कोही संक्रमित छैननः

– पलाउ

–माइक्रोनेशिया

–मार्शल द्वीप समूह

– नाउरु

–किरिबाती

– सोलोमन द्वीप समूह

– तुवालु

– समाओ

– वानुअतु

–टोंगा

More News last news
Loading...