आज एकै दिन काठमाडौँ उपत्यकामा थप २२४ कोरोना संक्रमित फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २२४ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी २२४ जना नयाँ संक्रमित थपिएको जानकारी दिए।

Advertisement

यो सँगै नेपालभर पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

More News last news
Loading...