कोमामा छन् उत्तर कोरियाका शासक किम जोङ, दक्षिण कोरियाका कूटनीतिकको दाबी

उत्तर कोरियाका शासक किम जोङ उनको स्वास्थ्यका बारेमा फेरि अर्को खबर बाहिरीएको छ। दक्षिण कोरियाका कूटनीतिज्ञ चान्ग सन्ग मिनले उत्तर कोरियाली शासक किम जोङ कोमामा रहेको दाबी गरेका हुन्।

केही समयअघि किम जोङको स्वास्थ्यलाई लिएर विभिन्न अडकलबाजी भइरहेका बेला अचानक किम सार्वजनिक रुपमा स्वस्थ रुपमा सार्वजनिक भएका थिए। दक्षिण कोरियाले गरेको यस्तो दाबीले फेरि किम जोङको स्वास्थ्य अवस्थाका बारेमा चर्चा सुरु भएको छ।

Advertisement

डेलीमेलको एक रिपोर्ट अनुसार स्थानीय मिडियासँग कुराकानी गर्दै दक्षिण कोरियाका कूटनीतिकले किम जोङको स्वास्थ्य अवस्था निकै गम्भिर रहेको र उनको कोममा उपचार भइरहेको दाबी गरे । तर उनको जीवन समाप्त नभएको पनि उनको दाबी छ। अझै एक पूर्ण उत्तराधिकारको संरचना गठन नभएका कारण किमकी बहिनीलाई अहिले सार्वजनिक गरिएको पनि उनको दाबी छ।

More News last news
Loading...