कोरोनाको ‘हटस्पट’ भारत, अमेरिका र ब्राजिलभन्दा धेरै कोरोना संक्रमित फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेका अमेरिका र ब्राजिलभन्दा धेरै कोरोना संक्रमित भारतमा फेला परेका छन्।

भारतमा पछिल्लो २४ घण्टामा ७० हजार ६८ जना कोरोना संक्रमित थपिदा अमेरिकामा ४३ हजार ८२९ र ब्राजिलमा ४६ हजार २१० जना नयाँ संक्रमित थपिएका छन्।

Advertisement

यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ जना पुगेको छ भने ५६ हजार ८४६ जनाको मृत्यु भएको छ।

त्यस्तै अमेरिकामा अहिलेसम्म ५८ लाख ४१ हजार ४२८ जना कोरोना संक्रमित भएका छन् भने १ लाख ८० हजार १७४ जनाको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा हालसम्म ३५ लाख ८२ हजार ६९८ जना संक्रमित भएका छन् भने १ लाख १४ हजार २७७ जनाको मृत्यु भएको छ।

More News last news
Loading...