आज च्याम्पियन्स लिग फुटबलमा बार्यन र पीएसजी भिड्दै

काठमाडौँ । आज च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि ५औं पटकको बिजेता बार्यन म्युनिख र पीएसजी भिड्दै छन् ।

यसअघि पाँच पटक उपाधि जितेको बार्यन म्युनिख ११ औं पटक फाइनल खेल खेल्दैछ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो।

Advertisement

पोर्चुगलको लिस्बनमा नेपाली समय अनुसार सवा १ बजे सुरु हुने खेलमा जर्मन क्लब बार्यन म्युनिख र पेरिस सेन्ट जर्मेन पीएसजीबीच खेल हुने भएको हो ।

बार्यनले लियोनलाई हराउँदै सेमिफाइलनमा पुगेको हो भने पीएसजीले लाइप्जिगलाई पाखा लगाउँदै जित नजिक पुगेको हो ।

लिगका उत्कृट प्रदर्शन गरेको बार्यन छैठौं पटक उपाधि जित्ने योजनामा छ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको उपाधि हात पारेर इतिहास रच्ने दाउमा छ ।

More News last news
Loading...