पर्सा । पर्सामा कोरोना भाइरस संक्रमणबाट थप २ जना पुरुषको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिकाको सुगौली विर्ताका ५८ वर्षीय र बहदुरमाई नगरपालिकाका ६१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।
उनीहरुको वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।
उनीहरु दुबैको कुनै पनि ट्राभल हिस्ट्री नभएको पारीवारिक स्रोत जनाएको छ। योसँगै वीरगञ्जमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
