पूर्वप्रधानमन्त्री माधव नेपालका ७ अङ्गरक्षकलाई कोरोना संक्रमण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका ७ अङ्गरक्षकलाई कोरोना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नेपालका सबै परिवार उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरूमा मात्र कोरोना पोजिटिभ देखिएको हो।

Advertisement

अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिएलगत्तै उनीहरूलाई आइसोलेसनमा राखिएको स्वकीय सचिव गौतमले बताए।

नेपालको सुरक्षाका लागि सशस्त्रको अर्को टोली कोटेश्वर गइसकेको नेता नेपालको सचिवालयले जनाएको छ। बिहीबार स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको रिपोर्ट शुक्रबार आाएको हो।

More News last news
Loading...