प्रत्येक घरधुरीमा पीसीआर् परीक्षण गर्न नेता शाहीको माग

काठमाडौं । नेपाली कांग्रेस जुम्लाका भातृ संगठन विभाग प्रमुख लक्ष्मण शाहीले हिमा गाउँपालिकाका प्रत्येक घरमा कोरोनाको पीसीआर् परीक्षण गर्न माग गरेका छन्।

नेता शाहीले आज एक प्रेस विज्ञप्ती प्रकाशित गरी सरकारको वेवास्ताका कारण कर्णाली प्रदेशमा पनि कोरोना भाइरसको संक्रमण फैलिएको दावी गरेका छन् । उनले कोरोनाको महामारी बढ्दै जाँदा पनि रोकथाम र नियन्त्रणको लागि स्वास्थ्य चौकीमा चिकित्सक नपुगेकोमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

Advertisement

उनले क्वारेन्टाइनमा रहेका र उपचार गराइरहेका संक्रमित सबैलाई उच्च मनोबलका साथ कोरोनाविरूद्ध लाग्न र धैर्य गर्न पनि आग्रह गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट सोही गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका उनले लकडाउनको समयमा गाउँमा स्वास्थ्य सामग्रीका साथै आवश्यक खाद्यान्न राहत स्वरुप वितरण गरेका थिए।

उनले संक्रमितको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले महामारी नियन्त्रणको लागि सबैलाई आ आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्न समेत प्रेस विज्ञप्तीमार्फत अनुरोध गरेका छन्।

More News last news
Loading...