काठमाडौँ । कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार राती १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ।
निषेधाज्ञाको पहिलो दिन बिहीबार ती बजार राती १२ बजेदेखि बिहान ७ बजसम्म मात्रै सञ्चालनमा आएको थियो।
किसानले बजारसम्म ल्याएको तरकारी निषेधाज्ञाकै कारण बिक्न छाडेपछि बजार खुल्ने समयअवधि बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
