नाचगान र उल्लासको अवस्था छैन, जीवन रक्षालाई महत्व दिएर तीज मनाऔँ: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्दै तीज मनाउन आग्रह गरेका छन्।

ट्विटरमार्फत तीजको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले तोकिएको सीमाभित्र रहेर तीज पर्व मनाउन र आ-आफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गरेका छन्।

Advertisement

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ। त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन। विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ।’

More News last news
Loading...