निषेधाज्ञा जारी रहँदा हनुमान मन्दिरका पुजारीको हत्या

रौतहट । रौतहटमा चार दिनको अन्तरालमा दुई जनाको हत्या भएको छ। बुधबार राती माधबनारायण नगरपालिका–२ खेसरिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोलि हानी हत्या भएको छ।

लामो समयदेखि मंन्दिरमा रहदै आएका पुजारी साहको मंन्दिर प्राङ्गणमा खाना खाईरहेको समयमा बन्दुकधारीले कन्चटमा गोली हानी हत्या गरेको जनाइएको छ।

Advertisement

हत्या गरेपछि ती समुह फरार रहेका छन। प्रहरीले खोजी जारी राखेको जनाएको छ। गत आईतबार मात्रै गरुडा नगरपालिका –८ जिंगडिया निबासी १७ बर्षीय निरञ्जन राम चमारको धारिलो हतियारबाट घाटी रेटी हत्या भएको थियो। घटना भएको दुबै क्षेत्र ईलाका प्रहरी कार्यालय गरुडा अन्तर्गत पर्दछ।

रौतहटमा निषेधाज्ञा जारी भएको अबस्थामा दुबैको हत्या भएको छ। कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्ला लाई निषेधाज्ञा जारी गरिएको छ तर, यही समयमा अपराधिक घटना समेत भैरहेको छ।

More News last news
Loading...