काठमाडौँ । अछामको रामारोशन गाउँपालिकामा बाढीले बगाउँदा ६ जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएका छन्।
गएराति कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर – ५ सैनिबजारबाट बगाएका १७ जनामध्ये ६ जनाको शव कैलाशको विभिन्न ठाउँमा भेटिएको हो।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको कोसेडामा ४ जनाको र मंगलसेन नगरपालिका वडा नम्बर ३ को लमतणा र सेरीमा दुई जनाको शव भेटिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झँकरबहादुर साउँदले बताए ।
उक्त बाढीमा परी हराइरहेकाको खोजी भइरहेको पनि जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
